भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ

pakrau

भक्तपुर, ५ फागुन । भक्तपुरमा बसेर मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरि सार्वजनिक गरेको छ । भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, लिखु गाउँपालिका–९ बस्ने वर्ष २४ को गोविन्द गौतम र खिजी देम्बा गाउँपालिका–२ बस्ने वर्ष २८ कोपञ्चमान तामाङ रहेका छन् । उनीहरुले सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच सोही समूहले बाराही स्थानम डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडिबाट प्रदेश २–०२० प ८८२७ नं. चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

४ गतेनै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि.को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक सुदन केसीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायकमा बस्ने वर्ष २३ का फुर्वा तामाङ र उसको साथी वर्ष २१ का राजु तामाङलाई पक्राउ गरेको हो ।

उल्लेखित चारवटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);