मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने भन्दै उनले फकाउने गरेको आरोप प्रहरीको छ । एउटा मृगौलिा दिंदा ८ लाख रुपैयाँ हात पर्छ भनी उनले प्रलोभन देखाएको समेत प्रहरीले जनाएको छ । 

मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका–१६ माछापोखरी क्षेत्रमा दुई जना व्यक्ति ल्याई राखेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुको उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।

उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);