धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट 

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो । 

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत उक्त अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो । साथै प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);