रुकुमका गाउँगाउँमा अफिम खेती फडानी गर्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुकुमका गाउँगाउँमा अफिम खेती फडानी गर्दै प्रहरी

मेगराज खड्का रुकुम १७ चैत ।
रुकुम जिल्लालाई लागू औषध उत्पादन, ओसारपसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियानलाई तिब्रता दिईएको छ । गत वर्षहरु देखिनै लागू औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी नष्ट गरिदै आईरहेकोमा यस वर्ष

रुकुमका गाउँगाउँमा अफिम खेती फडानी गर्दै प्रहरी

मेगराज खड्का रुकुम १७ चैत । रुकुम जिल्लालाई लागू औषध उत्पादन, ओसारपसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियानलाई तिब्रता दिईएको छ । गत वर्षहरु देखिनै लागू औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी नष्ट गरिदै आईरहेकोमा यस वर्ष पनि जिल्ला प्रहरी कार्यालय रुकुमले अबैध अफिमहरु नष्ट गर्ने अभियानलाई जारी राखेको हो ।

 

जिल्लाका अबैध लागू औषध अफिम उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा प्रहरी टोली खटाई बिभिन्न गाउँँका अफिम खेती नष्ट गरिएको रुकुमका प्रहरी निरिक्षक थमन बहादुर रजाँलीले जानकारी दिए ।

 

उनका अनुसार जिल्लाको पुर्बी गोतामकोट देखि पश्चिमी क्षेत्र चौरजहारी सम्म अफिम खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिईहएको हो । अबैध अफिम खेती गरेर एकै पटकमा राम्रो आम्दानी गर्ने उदेश्यका साथ रुकुमका बिभिन्न गाविसहरुमा गहुँ लगाउने जग्गामा समेत उक्त खेती हुने गरेको छ । पछिल्लो बर्षहरुमा अफिम लगायतका अबैध खेती नगर्न प्रहरीले स्थानीय रेडियो लगायतका बिभिन्न माध्ययमबाट सूचना जारी गरिरहेको भएपनि बर्षेणी लगाउन छोडिएको छैन ।

 

प्रहरीका अनुसार जिल्लाका बिभिन्न ठाउँमा गरि ४० बिघा जग्गामा अबैध अफिम खेती गरिएको प्रहरीले अनुमान गरेको छ । जिल्लाका बिभिन्न ठाउँमा स्थानीय प्रहरी युनिट मार्फत नष्ट गर्ने काम जारी रहेको र एकिन बिवरण नआएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);