मकवानपुरमा ३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मकवानपुरमा ३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट

मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो । 

यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);