मकवानपुरमा गाँजा फडानी अभियान, ३३२ बिगाहमा लगाईएको गाँजा नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मकवानपुरमा गाँजा फडानी अभियान, ३३२ बिगाहमा लगाईएको गाँजा नष्ट

gaja nasta

मकवानपुर, २४ मंसिर । मकवानपुरको दुर्गम राक्सिराङ र कैलाश गाउँपालिकाको अधिकांश स्थान त्यसैगरि मनहरी र बकैया गाउँपालिकाको केही स्थानहरुमा लागू औषध गाँजा र अफिमको खेती खुलेआम रुपमा गरिन्छ । कम समय र थोरै मिहेनतमा धेरै पैसा कमाउन विगात वर्षहरुमा पनि यस क्षेत्रमा गाँजा र अफिमको खेती हुँदै आएको हो । तर यो वर्ष भने अबैध गाँजा र अफिम खेती नियन्त्रणका लागि मकवानपुर प्रहरीले गाँजा फडाँनी अभियान चलाएको छ ।

कम समय र थोरै मिहेनतमा धेरै पैसा कमाउने मोहमा मकवानपुरमा हुँदै आएको गाँजा र अफिम खेती नष्ट गर्न प्रहरी लागि परेको छ । अभियान अन्तर्गत प्रहरीले अहिलेसम्म मकवानपुरमा ३ सय ३२ बिगाह, २ कठ्ठा १० धुर क्षेत्रफलमा लगाईएको गाँजा फडानी गरेको छ । गाँजा उत्पादनसँगै मकवानपुर गाँजा ओसारपसारको केन्द्रबिन्दुको रुपमा बिकास हुदै गएपछी मकवानपुर प्रहरीले विशेष अभियान नै चलाएको छ ।

विभिन्न स्थानबाट श्रावणदेखि अहिलेसम्ममा प्रहरीले ५ सय ४२ किलो १८० ग्राम गाँजा र १ सय १ किलो ६६० ग्राम चरेस बरामद गरि नष्ट गरेको छ । यता गाँजा फाँडानी अभियान निक्कै राम्रो भएपनी गाँजा फडानी गरेर मात्रै गाँजा खेती नियन्त्रण नहुने प्रष्ट छ । बर्षौ देखि गाँजा खेती गर्दै आएका यस उक्त क्षेत्रका जनतालाई बैकल्पिक आयआर्जनको लागि राज्यले हेर्नुपर्ने बताउँछन् ।
gaja nasta1
मकवानपुरमा लागू औषधको कारोबारसंगै प्रयोगकर्ताको संख्या निक्कै बढेको छ । सर्वेक्षण अनुसार मकवानपुरमा ८ हजार जना नियमित र ४० हजार लागू औषधको प्रयोगकर्ता छन् । उर्जाशिल युवाहरु दुब्र्यसनिमा फसेकाहरुका कारण समाज ठूलो दुर्घटनामा नपार्न अभियान संचालन गरेको सिआन सुधार गृहका संचालक सदस्य तथा लागू औषध विरुद्धका अभियान्ता अनिल अधिकारीको भनाई छ ।

लागू औषधको दुब्र्यसनीमा फसेकाहरुको सुधारको लागि मकवानपुरमा ५ ओटा सुधारगृह स्थापना गरेका भएका छन् । कडा लागू औषध प्रयोग गर्नेको संख्या ८ सयको हाराहारीमा रहेको र जसमध्ये करिब ४०० जना महिला रहेको सर्वेक्षणले देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);