मकवानपुरमा २ क्विन्टल गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

मकवानपुरमा २ क्विन्टल गाँजा बरामद

मकवानपुर, १७ फागुन । प्रहरीले मकवानपरबाट दुई क्विन्टल गाँजा बरामद गरेको छ । चितवनको सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराबाट गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले बिहीबार विहान मकवानपुरस्थित राकसिराङ गाउँपालिका ६ बाट २ सय ३ किलो अबैध गाँजा बरामद गरेको हो ।

चितवन र मनवानपुर जिल्लाको सिमा क्षेत्रमा पर्ने डाबराङ गाउँको एउटा गोठमा १३ वटा बोरामा लुकाईछिपाई राखेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

भौगोलिक रुपमा बिकट रहेको सो क्षेत्रमा व्यवसायिक रुपमा नै गाँजा खेती हुँदै आएको छ । प्रहरीले वर्षेनी उक्त क्षेत्रमा गएर गाँजा फडानी गरेर नष्ट गर्ने गरेको छ ।

ताजा समाचार