Our Network

मंसिर २३ २०७८, बिहीबार

दुई महिला हत्याको अभियोगमा एक जना पक्राउ

कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको पुर्नवासमा दुई महिलाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

पुर्नवास नगरपालिका सिद्धबाबा मन्दिरमा बस्दै आएकी ६० बर्षिया धर्मा मल्ल र ६५ बर्षिया पानमती धामीको हत्या गरेको अभियोगमा ६७ बर्षिय श्यामलाल रानालाई प्रहरीले पक्राउ गरेको हो ।

एकै गाउँका दुई-दुई जना महिलाको हत्या गरेको ८ महिनापछि राना पक्राउ परेका हुन् । रानालाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।