हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

arrested

सर्लाही। हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशिल रायको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरीका अनुसार राय साउन १३ गते बेलुकाबाट बेपत्ता भएका थिए । सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभुत विद्यालयको  शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो । अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);