लोला हान्ने २७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लोला हान्ने २७ जना पक्राउ

काठमाडौं, १७ फागुन । होलीमा जथाभावी लोला हान्ने २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरिएकाे परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने परिसरले जनाएको छ । प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन काठमाडौंको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाइएको छ ।

बाटो छेकेर होली खेलेको पाइए उनीहरूलार्इ समेत नियन्त्रणमा लिइएको छ । साथै होलीमा नियमविपरित रुपमा चलाइएका १ सय ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ओभरलोड, माधक पदार्थ सेवन र विना लाइसेन्स कुदाइएका सवारीसाधानलाई नियन्त्रणमा लिइएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);