७६५ थान अक्सिमिटर सहित सात जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

७६५ थान अक्सिमिटर सहित सात जना पक्राउ

काठमाडौं । लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सोमिटर सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुशन्धान महाशाखा, औषधी व्यवस्था विभाग, बाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उपत्यकामा निषेधाज्ञाको पालनाको अवस्था र अत्यावश्यक स्वास्थ्य सामाग्रीको बिक्रिवितरणको अवस्थाको बारेमा अनुगमन गर्ने क्रममा सो परिमाणको सामाग्री सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ल प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई थप अुनशन्धान गरिरहेको र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । सो उपकरण मानिस शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग गरिन्छ । अनुगमनलाई निरन्तर जारी राख्ने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);