धनगढीमा पेस्तोल, सुन र विभिन्न कागजात सहित तीन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

धनगढीमा पेस्तोल, सुन र विभिन्न कागजात सहित तीन पक्राउ

धनगढी, १९ भदौ । धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजात सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार पक्राउ गरेका तीनै जनालाई बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राणा सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी हुन् ।

प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ । विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताउनु भयो ।

उनीहरुको साथबाट विभिन्न सरकारी कार्यालयहरुको छाप, नक्कली पत्र तथा कागजपत्रहरु बरामद गरिएका थिए । बरामद गरिएको चेक मध्ये १ सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक साथै राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएकोे प्रहरी उपरिक्षक गिरीले जानकारी दिनुभयो ।

लामो समयको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपमा अनुसन्धान गर्न बाँकी रहेको बताइएको छ । ७ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);