दार्चुलामा केही बर्षयता च्युरी उत्पादनमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दार्चुलामा केही बर्षयता च्युरी उत्पादनमा कमी

बासुदेव बडु
दार्चुला, १९ भदौ । च्युरी खेतीको प्रचुर सम्भावना भएपनि दार्चुलामा पछिल्लो केही बर्षयता च्युरी उत्पादनमा कमी आएको छ । विगतमा च्युरीको घिउ पर्याप्त मात्रामा उत्पादन भएर भारतको धारचुला र पिथौरागढका बजारमा समेत विक्रि हुने गरेको थियो ।

तर केहि वर्षयता उत्पादन घटेसंगै च्युरी, दैनिक उपभोगका लागि मात्रै सिमित भएको छ । दार्चुलामा व्यावसायिक खेतीको रुपमा विकास गर्न सके च्युरीबाट पर्याप्त आयआर्जन गर्न सकिने जानकारहरुको भनाई छ ।

च्युरीबाट घ्यू, च्युरीको पिनाबाट साबुन उत्पादन हुन्छ अनि पातबाट टपरी र चटाई जस्ता सामग्रीहरु बनाउन सकिन्छ । यसैले च्युरीको व्यावसायिक खेती गर्नसके स्थानीय किसानहरुको आय स्तरमा सुधार आउन सक्ने जिल्ला समन्वय समितिका संयोजक करवीर बहादुर कार्कीको विश्वास छ ।

केजीको ४ सय देखि ५ सय प्रति केजीसम्म च्यूरीको घिउको मूल्य आउने गर्दछ । किसानहरुले च्यूरी उत्पादनबाट एक सीजनमा घर खर्च चलाएर २० हजार देखि २५ हजारसम्म बचत गर्ने गरेका थिए । तर अहिले च्यूरीको खेतीमा कमीसँगै घ्यू उत्पादनमा पनि कमी आएको छ । घ्यू उत्पादन मात्र नभई च्यूरीका अन्य धेरै उपयोगिताहरु पनि छन् ।

च्यूरीको उत्पादन पर्याप्त भएको समयमा च्युरी पेल्न आउनेहरुको संख्या निकै हुन्थ्यो । तर केही बर्ष यता कटानी र फडानीका कारण उत्पादन घटेसंगै च्युरी पेल्न आउनेको संख्या कम भएको स्थानीय कोलु संचालक मोहन राम कोली बताउँछन् । राज्यबाट च्युरी खेतीका लागी कुनै योजना नआएको हुँदा यसले व्यावसायिक रुप लिन नसकेको उनको गुनासो छ ।

यसरी पर्याप्त उत्पादन तथा उपयोगिताका सम्भावना बोकेका कृषिउपजको उत्पादनका लागि सरकारी तथा गैरसरकारी निकायहरुले प्रेरित गर्न आवश्यक छ । उत्पादनमा बृद्धि ल्याउन सकिए स्थानीय जनताको आयआर्जनमा सुधार आएर जीवनस्तर उकास्न टेवा पु-याउँदछ । त्यति मात्र होइन व्यवसायिक खेतीकै रुपमा अघि बढाउन सके रोजगारको लागि भरपर्दाे क्षेत्र हुन सक्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);