तेह्रथुममा दैनिक १७ हजार लिटर दुध उत्पादन | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

तेह्रथुममा दैनिक १७ हजार लिटर दुध उत्पादन

तेह्रथुम । तेह्रथुमका किसानहरु व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षण बढ्दै गएपछि दुध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको पश्चिमी क्षेत्र लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानहरु व्यावसायिक पशुपालनलाई रोज्दै आएका छन ।

दुध बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले व्यावसायिक रुपमा पशुपालनलाई रोजेका हुन् ।  दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांकअनुसार जिल्लामा दैनिक १७ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जिल्लाको २८ वटा सहकारीमा आबद्ध किसानहरुले दुध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धीमान खुलालले बताए । गत दुई वर्षको तुलनामा जिल्लाका दुध दोब्बरले उत्पादन बढेको हो । संघले जिल्लाका दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थानीय,प्रदेश र संघीय सरकारसँग साझेदारी गरी अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

पछिल्लो समय यहाँका युवाहरु गाई फर्म दर्ता गरी व्यावसायीक रुपमा दुध उत्पादनलाई जोड दिँदै आएका छन् । गाउँमा उत्पादन भएको दुध सहकारी संस्थाहरुले दुध संकलन गर्दै आएका छन् । १४ सय किसानले उत्पादन गर्दै आएको दुध गाउँ गाउँमा स्थापना भएका छुर्पी उद्योगहरुमा खपत हुँदै आएको छ । जिल्लामा खपत भएर बचेको दुध मात्रै दुग्ध संस्थानमा बिक्री गर्दै आएका छन् । सहकारी संस्थाले किसानलाई व्यावसायिक बनाउन विभिन्न पशुपालन सम्बन्धी तालिम गोष्ठीहरु सञ्चालन गर्दै आएका छन् । पशुपालनमा युवाहरुलाई व्यावसायियक बनाउन सस्तो व्याजमा सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दै आएको छथर दुग्ध सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए ।

यहाँका किसानहरुले जर्सी र होलेस्टेन जातका गाई पाल्दै आएका छन् । दैनिक ३ देखि २० लिटर किसानहरुले दुध उत्पादन गर्दै आएका छन् । पछिल्लो समय गाउँमा स्थापना भएको उद्योगहरुले दुध खपत गर्न थालेपछि किसानलाई अझ टेवा पुगेको स्थानीय भुपाल बुढाथोकीले बताए । यहाँ स्थापना भएका उद्योगहरुले छुर्पी, घ्यु, पनिर लगायत उत्पादन गर्दै आएको छ ।

उद्योगले किसानको दुधमात्रै खपत गरेको छैन यहाँका युवाहरुलाई रोजगारको सिर्जना गर्न सफल बनेको छ । गाउँमा स्थापना भएका उद्योगमा ३ देखि ७ जना युवाहरुले रोजगारीको अवसर पाएको सहकारी संस्थाहरुले जनाएका छन् ।  जिल्लामा रहेका उद्योगहरु उत्पादन गरेको बस्तु नेपालका विभिन्न शहर तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । किसानले सामान्यतया १ देखि १० माउ गाई पाल्दै आएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);