पर्सामा मलखादको अभाव हुँदा किसानहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पर्सामा मलखादको अभाव हुँदा किसानहरु चिन्तित

mal abhav

महेश दास
वीरगञ्ज, १९ भदौ । पर्सा जिल्लामा मलखादको अभाव हुँदा किसानहरू आफुले लगाएका धानबालीका लागि अहिले चिन्तित भएका छन् । बजारमा फाट्टफुट्ट रुपमा मल आएको भए पनि किसानलाई आवश्यक पर्ने जति मल नआउँदा मल खोज्दै भारतीय बजारसम्म पुग्न बाध्य छन । धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल अभाव हुने र महँगोमा भारतीय बजारको गुणस्तरहीन मलले दोहोरो मारमा परेका छन् ।

खेत रोपाई गर्ने बेलामा यस वर्ष कम वर्षा भएकाले सीमित ठाउँमा मात्र रोपाई गरेका किसानलाई अहिले खेतमा हाल्ने युरिया मलको चरम अभाव हुन थालेको छ । अहिले लगाएको रोपाइँलाई राम्रो बनाउन मल राख्ने समय हो । पर्याप्त पानी र मल अभावमा जसोतसो रोपाई गरेका पर्साका खेतहरुमा यतिबेला रोपोहरु पहेंलै देखिन थालेको छ । खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाँई गरेका पर्साका किसानलाई यतिबेला रसायनिक मल अभावले सताउन थालेको छ ।

धान, गहुँ लगायत तरकारी बालीका लागि पैकेज कार्यक्रम अन्तर्गत पनि मल आपूर्ति हुन नसक्दा भारतीय बजारबाट मल खरिद गर्नु परेको छ । धानबालीका खास गरेर डिएपी, युरिया र पोटासले अहिले धानको टिलर (जरा) बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ । मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ ।

धानबालीको लागि मात्र पर्सा जिल्लामा १ हजार ३८ मेट्रिक टन कृषि सामाग्री कम्पनी तथा १७ हजार मेट्रिक टन साल्ट टे«डिङ कम्पनीले सम्झौता गरेका छन् । मुलुकमैं मलको उपलब्धता कम देखिन्छ । धानबालीका जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको हो ।

कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका सूचना अधिकारीका अनुशार मल आयात भईरहेको छ । अव केही दिनमा मल आईपुगेर वितरण शुरु गरिने उहाँको भनाई छ ।

यस वर्ष मल अभावका कारण धान उत्पादनमा धेरै नै कमी हुने देखिएको छ । देशको अन्न भण्डारको रुपमा रहेको तराईमा मल अभाव लगायतका कारणले उत्पादनमा कमी आइ देशमा खाद्यन्न आयातमा झन् बृद्धि हुने निश्चत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);