एटिएम ह्याक प्रकरणले नेपालको बैकिङ प्रणाली माथि नै प्रश्न चिन्ह ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एटिएम ह्याक प्रकरणले नेपालको बैकिङ प्रणाली माथि नै प्रश्न चिन्ह !

चिनियाँ ह्याकर

पुष्पा पोखरेल

काठमाडौं, १९ भदौ । नेपालको बैकिङ क्षेत्र जसरी प्रविधिमैत्री बन्दै गएको छ, त्यसरी नै समस्या बढदै गएको छ । प्रविधिसँगै साइबर सुरक्षामा ध्यान नदिंइदा बैंकिङ सुरक्षा प्रणालीमा समस्या बढ्दै गएको छ । भरपर्दाे बैंकिङ सुरक्षा प्रणालीमा ध्यान नदिंदा नै गत शनिबार चिनियाँ नागरिकहरुले एटिम प्रणाली नै ह्याक गरी विभिन्न बैंकका कार्ड प्रयोग गरी १ करोड ८९ लाख झिक्न सफल भए । फेरी त्यस्तै घटना नदोहारिन अबको उपाय के ? अहिले सबैंको लागि चिन्ताको विषय बनेको छ ।

नेपाल एटिएम ह्याकरको ट्रान्जिट बन्ने गरेको छ । एक वर्ष अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’ सहित विदेशी नागरिक मेहमत गुलेनलाई सप्रमाण पक्राउ गर्यो ।आम सर्वसाधारणको बचतको सुरक्षित माध्यम नै बैंक तथा एटिएम हो ।

गत शनिबार नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परे । उनीहरुले नेपाल र भारतमा रहेका नेपाली बैंकका एटिम बुथबाट ३ करोड ५८ लाख रुपैंया झिके । कसरी झिके ? कुन प्रविधि अपनाए ? भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकालाई अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद थपेको छ । प्रहरीले ह्याकरहरुलाई पक्राउ गरेपनि प्राविधिक विज्ञ र प्रविधिको अभाव हुँदा अनुसन्धान अगाडि बढन सकिरहेको छैन । प्राविधिक विज्ञ बाहिरबाट आइसकेपछि मात्र अनुसन्धान सुरु गर्ने नेपाल प्रहरीले जनाएको छ ।

विज्ञान र प्रविधिको विकाससंगै हरेक कुरा सरल तथा सहज बन्दै गएको छ । अहिले पैसा निकाल्नको लागि विभिन्न ठाउमा धाउन पर्देैन । वैंक पिच्छेका ठाउँ ठाउँमा राखिएका एटिएमबाट सहजै पैसा निकाल्न सकिन्छ । नेपालको इतिहासमै पहिलो पटक यस्तो भएको छ । शनिबार भएको घटनाले नेपालको बैकिङ प्रणाली कत्तिको सुरक्षित छ भन्ने प्रश्न चिन्ह् खडा भएको छ ।

क्यानका पुर्वअध्यक्ष विप्लवमान सिंह अरु कुरामा करोडौ लगानी छ तर प्राविधिक पक्षमा भने लगानी गरेको पाईंदैन । चाहे त्यो बैर्कसहरु संग होस वा नेपाल प्रहरी संग । नेपालमा प्रविधिको अभाव देखिन्छ । जस्का कारण अनुसन्धानमा थप समस्या आएको छ ।

शनिबार काठमाडौंमा भएको घटनापछि नेपालको बैंकिङ सुरक्षा प्रणाली र एटिम काउण्टरको सुरक्षामाथि गम्भीर प्रश्न उठाइएको छ । आइटी विज्ञले भरपर्दाे सुरक्षा प्रणाली प्रयोग गर्न सुझाव दिएको छ ।

घटनापछि राष्ट्र बैंकले गठन गरेको छानविन समितिले बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ । समितिले साइबर सुरक्षा, एटिम बुथहरुमा जडित सिसि क्यामेरालाई केन्द्रीय अनुगमन गर्ने व्यवस्था र प्रभावकारी संचालनलाई पनि जोड दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);