साइवर सुरक्षामा ध्यान नदिंदा नेपालको बैंकिङ प्रणालीमाथि नै सुरक्षा चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साइवर सुरक्षामा ध्यान नदिंदा नेपालको बैंकिङ प्रणालीमाथि नै सुरक्षा चुनौती

चिनियाँ ह्याकर

सीता शर्मा
काठमाडौं, १६ भदौ । पैसा राख्नका लागि सबैभन्दा सुरक्षित स्थान नै बैंक हो । प्रविधिमा आएको नयाँ-नयाँ प्रयोगले ग्राहकहरुलाई बैंकिङ सेवा लिन सहज बनाउँदै आएको छ ।

पैसा निकाल्नका लागी ग्राहक बैकसम्म धाउनु पर्दैन् । ठाँउ ठाँउमा राखिएका एटिएम मेसीनबाट ग्राहकहरुले आपनो खातामा रहेको पैसा निकाल्न सक्दछन् । तर सोहि एटिएम मेसीन भने नेपालमा असुरक्षित बन्न थालेको छ ।

नक्कली एटिएम कार्ड बनाएर पटक पटक रकम चोरी भएका छन् । बैंकहरुले साइबर सुरक्षामा ध्यान नदिंदा नेपालको बैकिङ प्रणालीमाथी सुरक्षा चुनौती देखिएको छ ।

शनिबार चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को सिस्टम नै ह्याक गरेर रकम निकाले । जुन नेप्समा नेपालका प्रभु बैंक सहित १८ वटा बैंकहरु आबद्ध रहेका छन् ।

यसभन्दा अगाडी विदेशी बैंकबाट डाटा चोरेर नेपाल आएर एटिएमबाट पैसा चोरी गर्ने देखि पनी यस पटक भने यहाँकै डाटा ह्याक गरेर ह्याकले रकम निकालेका छन् ।

शुक्रबार आएका चिनियाँ नागरीकहरुले शनिबार नविल बैंक लगायतका बिभिन्न बैंकको एटिएम बुथबाट १ करोड ६८ लाख रकम निकालेको प्रहरी अनुसन्धानले देखाएको छ ।

चोरीमा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ भने चोरी भए बराबरको रकम पनि फेला पार्न प्रहरी सफल भएको छ ।

एटीएमबाट रकम चोरी गर्ने मध्ये नौ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पांच जनालाई शनिबारै पक्राउ गरेकोमा थप चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

एक जना चिनियाँ नागरिकलाई भाग्दाभाग्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । शनिबार भएको घटनाले नेपालको बैंकिङ प्रणाली असुरक्षित भएको उजागर गरेको छ ।

प्रविधीको प्रयोग गरेका बैंकहरुले साइबर प्रणालीलाई सुरक्षित राख्न सकेका छैनन् । चिनियाँ ह्याकरहरुले बैंकहरुको सिस्टममा मालवेयर अट्याक गरी कृतिम स्वीच खडा गरेर चाहे जत्ति रकम निकालेको देखिन्छ ।

प्रविधिको विकासलाई समय सापेक्ष स्तरोन्नति गर्न सकियो भने अथवा नयाँ खालका सफ्टवेयर किनेर प्रयोग गर्न सक्यो भने मात्र बैंकिङ प्रणाली थप सुरक्षित हुन्छ। तर यस्ता सफ्टवेयर महंगो भन्दै नेपालका बैंकले प्रयोगमा ल्याउन सकेका छैनन्।

जसले गर्दा नेपालका बैकहरुले जति प्रविधीको प्रयोग जोड दिएका छन् । त्यति सुरक्षामा भने संवेदनशिल बन्न नसकेको विज्ञहरुको भनाई छ ।

राष्ट्र बैंकका अनुसार ह्याकरले एटिएमको सप्फटवेयरमा ह्याक गरेको तर नेपालको बैकिङ प्रणाली कोर सिस्टम भने सुरक्षित रहेको बताएको छ । ह्याकरहरुले एटिएम बुथको रकम निकालेको हुनाले चोरी भएको रकम ग्राहकको नभएको राष्ट्र बैंकको दाबी छ ।

तर शनिबार भएको घटनाका मुख्य योजनाकार अझै प्रकाउ परेका छैनन् । जसले गर्दा बैंकहरु जति बेला पनि ह्याकरको निशानामा पर्न सक्ने आशंका झन बढेको छ । यो घटना पछाडी एटिएम प्रयोगकर्ताहरुमा विभिन्न शंका उपशंका पैदा भएको छ तर ग्राहकहरुको एटिएममा उच्चतम प्रविधी प्रयोग गरीएको हुनाले यसमा डराउनुपर्ने अवस्था नरहेको हिमालयन बैंकका कार्यकारी निर्देशक अशोक राणाको दाबी छ ।

एटिएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

यसपटक रकम चोरी गर्दा गर्दै थाहा पाएकाले रकम बाहिरीनबाट जोगिएको छ । तर यस्तो घटना फेरी नदोहोरीएला भन्न सकिँदैन । नेपालका बैंकहरुले साइबर सुरक्षामा ध्यान नदिँदा नेपालमा यस्ता ह्याकरहरु सक्रिय देखिएको विज्ञहरुको बुझाई छ ।

त्यसैले प्रविधीको प्रयोगमा जोड दिएका बैंकहरुले यसको सुरक्षामा पनि संवेदनशिल बन्नुपर्ने र साइबर सुरक्षामा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);