बढ्दो बैंकिङ असुरक्षा, राष्ट्र बैंकलाई समेत चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बढ्दो बैंकिङ असुरक्षा, राष्ट्र बैंकलाई समेत चुनौती

adb nepal

प्रमिला खतिवडा
काठमाडौं, ८ असोज । पछिल्लो समय बैंकिङ सुरक्षामा प्रश्न चिन्ह उठेकोछ । सुरक्षित स्थानमा रहेका काठमाडौँका विभिन्न बैंकको एटिएम ह्याक गरेर ह्याकरहरुले ठूलो मात्रामा रकम लुट्ने प्रवृत्ति बढेसंगै राष्ट्र बैंकलाई समेत चुनौति थपिएकोछ ।

कृषि विकास बैंक लुट प्रकरणमा संलग्न ११ जनालाई महानगरीय प्रहरीले बुधवार पक्राउ गरेको छ । कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भएको जनाएको छ । केही समय अघि चिनियाँ नागरिकहरुले दरबारमार्ग र ठमेलका तीन एटिएम बुथमा आक्रमण गरेर रकम ठूलो मात्रामा रकम चोरी गर्दागर्दै प्रक्राउ परेका थिए ।

ह्याकरले दरबारमार्गस्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम चोरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको थियो । यसरी ह्याक गरेर समय समयमा एटीएमबाट पैसा चोरी हुदा नेपालको बैंकिङ सुरक्षा व्यवस्था मात्र नभएर समस्या समाधानका लागि समेत चुनौति थपिएकोछ ।

राष्ट्र बैंकका प्रवक्ता भने यस विषयमा सञ्चालन जोखिम जुनसुकै ठाउँमा सुचना प्रवृतिबाट बढ्दै गएको बताउनुहुन्छ । यसको नियन्त्रणका लागि लगानी बढाउने, जनशक्ति तयार पार्न र उच्च तहका कर्मचारीहरु परिचालन गर्न लगायतका हार्डवेयर सफ्टवेयरलाई समय समयमा अपडेट गर्नुपर्ने बताउनुहुन्छ । त्यसैगरी चौविसै घण्टा अनुगमन गरिनुपर्न पनि उहाँको भनाई छ ।

एटिएम असुरक्षाकै विषयलाई लिएर बैकर मात्र नभएर सर्वसाधारण पनि त्रसित तथा आक्रोसित देखिएका छन् । एटिएम जाम हुने, चाहिएकै समयमा भनेजति पैसा नपाउने भएकाले पछिल्लो समय सर्वसाधारण बैंकप्रति आक्रोसित भएका हुन् । यस विषयमा सम्बन्धित निकायमा अवगत गराउदा पनि जवाफदेहि नहुने प्रवृत्तिले त झन सर्वसाधारण निराश भएका छन् ।

यता बाणिज्य बैंकका शाखा प्रबन्धक ईश्वरी न्यौपाने भने २४ औ घण्टा एटिएम चल्दा प्राविधिक समस्या हुने, सर्वसाधारणको बढ्दो प्रयोग, लगायत कर्मचारीको अभावका कारण पनि समस्या आएको बताउनुहुन्छ ।

नजिकीदै गरेको दशैमा एटिएम अरुबेला भन्दा बढी भन्दा बढी प्रयोगमा आउछ नै । यस्तो अवस्थामा सिस्टम फेल तथा ह्याङ हुने समस्या देखिएको राष्ट्र बैंकका प्रवक्ता निरौला स्वीकार्नु हुन्छ । यसका लागि राष्ट्र बैंकले २४ सै घण्टा अनुगमन गर्नुपर्ने स्पष्ट गर्नु भएको छ ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणालीको भिसा कार्ड नै ह्याक गरेकाले प्रहरीको प्रारम्भिक अनुमान छ । यस्ता घटना दोहोरिन नदिनका लागि अनुसन्धानको तयारी गरिरहेको राष्ट्र बैंकले जनाएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);