बुधबार शेयरबजार परिसूचक नेप्से ओरालोतर्फ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुधबार शेयरबजार परिसूचक नेप्से ओरालोतर्फ

काठमाडौं, ८ असोज । बुधबार शेयरबजार परिसूचक नेप्से तीन दशमलब शून्य तीन अंकले घटेर एक हजार एक सय ३१ दशमलम पाँच तीन अंकमा पुगेको छ ।

१ सय ६६ कम्पनीका ७ लाख ७७ हजार ७ सय ३५ कित्ताशेयर ४ हजार १ सय २८ पटकको कारोबारबाट १६ करोड ६९ लाख २१ हजार ७ सय ९९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब सात एक अंकमा पुगेको छ । बुधबार अन्य र लघुवित्त समूहबाहेक सबै सूचक ओरालो लागेका छन् ।

अन्य समूह तीन दशमलब एक नौ र लघुवित्त समूहको परिसूचक शून्य दशमलब आठ अंकले उकालो लागेको हो । सबैभन्दा बढी सानिमा बैंकको ८६ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब चार तीन प्रतिशतले कमाएका छन् भने तिनाउ मिशन विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी छ दशमलब नौ छ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);