शेयरबजार परिसूचक नेप्से ३.३३ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

शेयरबजार परिसूचक नेप्से ३.३३ अंकले घट्यो

stock_exchange_nepse-e1528283604277


काठमाडौं, १७ कार्तिक । सोमबार शेयरबजार परिसूचक नेप्से तीन दशमलब तीन तीन अंकले घटेको छ । नेप्से तीन दशमलव तीन तीन अंकले घटेर परिसूचक १ हजार ६ सय ३७ दशमलव छ तीन विन्दुमा झरेको छ ।

१ सय ९७ कम्पनीका ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयर ३४ हजार ४ सय ५३ पटकको कारोबारबाट २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६ सय ८८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब एक सात अंकले घटेर तीन सय २५ दशमलब चार छ अंकमा पुगेर बन्द भएको छ । बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ ।

व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । विशाल बजार कम्पनी, सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र शिवश्री हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरे तीन दशमलव एक चार प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);