शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

stock_exchange_nepse-e1528283604277

काठमाडौं, २७ कार्तिक । शेयर कारोबार साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १० दशमलब आठ दुई अंकले बढेर परिसूचक एक हजार ७ सय १८ दशमलब चार नौ विन्दुमा पुगेको छ ।

१ सय ९८ कम्पनीका ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५ सय ५१ रुपैयाँको १ करोड ३८ लाख ८९ हजार १ सय ८९ कित्ताशेयर ५५ हजार ८ सय ९१ पटक कारोबार भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने तीन दशमलब दुई सात अंकले बढेर तीन सय ३८ दशमलब आठ नौ अंकमा पुगेर बन्द भएको छ ।

१२ समूहमध्ये ५ वटा समूहको सूचक उकालो लाग्दा बाँकी समूह ओरालो लागेको छ । बैंकिङ,व्यापार, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूह उकालो लागेका छन । सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४ दशमलब सात एक अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक १० दशमलब दुई एक विन्दूले उकालो लागेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढीको शेयर कारोबार हुँदा शेयर कारोबारका आधारमा भने ग्लोबल आइएमई सम्मुनत स्कीम–१ अगाडि रहेका छन । दोहोरो अंकले बढेको बजारमा बिहीबार १ सय २ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);