एनआईसी एसिया बैंकबाट ह्याक गरिएको ३९ करोड सात लाख फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एनआईसी एसिया बैंकबाट ह्याक गरिएको ३९ करोड सात लाख फिर्ता

काठमाडौं, १७ कार्तिक । स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी छ।

ह्याकरले जापान, अमेरिका, हङकङ, इङ्ल्यान्ड, जर्मनी र टर्कीमा रकम भुक्तानीको अर्डर गरेका थिए। राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनअनुसार जम्मा ३८ वटा भुक्तानीको अर्डर गर्ने प्रयास भएकामा ३१ वटा अर्डर सफल भएको थियो। ह्याकरको खातामा पुगे पनि जर्मनीमा स्थानान्तरण भएको दुई करोड ९८ लाख १२ हजार रुपैयाँबराबरको रकम भुक्तानी नभई रोक्का छ।

जापानमा दुईवटा भुक्तानीमार्फत एक करोड ३२ लाख ८९ हजार र ५९ लाख ६५ हजार रुपैयाँबराबरको भुक्तानी लिएका थिए। चीनबाट दुई करोड २४ लाख ४१ हजार रुपैयाँ र इङ्ल्यान्डबाट ३५ लाख ३४ हजार रुपैयाँबराबरको भुक्तानी लिएका थिए। ‘राष्ट्र बैंकको छानबिन प्रतिवेदन फाइनल भए पनि स्वीकृतिको प्रक्रिया बाँकी छ’, बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । अनुसन्धान सकिएसँगै राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको छ।

ह्याकरको खातामा जम्मा भए पनि भुक्तानी नभएको रकम राष्ट्र बैंकले स्थानान्तरण भएको देशको केन्द्रीय बैंकसँग सम्पर्क गरी रोक्का गराएको थियो, जुन फिर्ता हुने ठानिएको छ। भुक्तानी भइसकेको रकम पनि भुक्तानी भएको देशको एजेन्सीमार्फत फिर्ता हुने सम्भावना छ। ‘ह्याकरको खातामा स्थानान्तरण भए पनि भुक्तानी नभएको रकम सजिलै फिर्ता हुने सम्भावना छ’, अनुसन्धानमा संलग्न राष्ट्र बैंक स्रोतले भन्यो, ‘भुक्तानी भएको रकमका लागि चाहिँ अलि जोड गर्नपर्ने हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);