एनआईसी एसियाको नाफामा १५ दशमलव ६४ प्रतिशतको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एनआईसी एसियाको नाफामा १५ दशमलव ६४ प्रतिशतको वृद्धि

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएको छ । खुद ब्याज आम्दानी ४० दशमलव ४२ प्रतिशत र सञ्चालन नाफा १४ दशमलव ९३ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा ३८१ दशमलव १४ प्रतिशतले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ । 

बैंकको निक्षेप संकलन २० दशमलव २९ प्रतिशत र कर्जा लगानी ३९ दशमलव २६ प्रतिशतले बढेको छ । बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने दुई रुपैयाँ ४९ पैसा घटेर ३९ रुपैयाँ ६५ मा आएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);