बढ्यो सिद्धार्थ बैंकको नाफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बढ्यो सिद्धार्थ बैंकको नाफा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमएको गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ दशमलव ५० प्रतिशत बढी हो।

बैंककाे वार्षिक प्रतिसेयर आम्दानी १५ दशमलव ६९ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेर ३३ दशमलव ६१ रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वार्षिक ईपीएस १७ दशमलव ९२ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३० दशमलव २५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७ दशमलव २७ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी ३० दशमलव २५, सञ्चालन नाफा ८७ दशमलव २७ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकले एक खर्ब ८३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ७३ अर्ब १७ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । यसअनुसार बैंकले वार्षिक १० दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । 

बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा आठ अर्ब दुई करोड ६७ लाख र सेयरधनी कोषमा एक अर्ब ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीस्थिर रहँदा सेयरधनी कोष २८ दशमलव ७४, निक्षेप संकलन एक दशमलव ४४, कर्जा लगानी नौ दशमलव २३ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर शून्य दशमलव ५४, कोषको लागत पाँच दशमलव ५५, आधार ब्याजदर सात दशमलव ५७, स्पेडदर तीन दशमलव ४७, र कर्जा निक्षेप अनुपात ८७ दशमलव ७५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १८८ दशमलव १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ गुणा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);