नेपालको बैंङकिङ् प्रणाली पुर्ण रुपमा सुरक्षित रहेको राष्ट्र बैंककाे दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको बैंङकिङ् प्रणाली पुर्ण रुपमा सुरक्षित रहेको राष्ट्र बैंककाे दाबी

rastra-bank

काठमाडाैं, १६ भदाै । नेपालको बैंङकिङ् प्रणाली पुर्ण रुपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ । तर नेपालको बैंङकिङ प्रणालीमा ह्याक गरेर चिनियाँ नागरिकले करिब दुई करोड रुपैयाँ लुटेका छन् ।

ह्याकरहरुले एटिएमको सफ्टवेरमा मात्र हमला गरेकोले बैंकिङ सिस्टममा हमला गर्न नसक्ने राष्ट्र बैंकको भनाई छ । अन्तराष्ट्रिय स्तरका शक्ति सम्पन्न राष्ट्रहरुमा पनि ह्याकरले आक्रमणको प्रयास गर्ने भएकोले यो किसिमका घटना नेपालमा पहिलो पटक भएको बैँकले जनाएको छ ।

निक्षेपकर्ताको रकम तलमाथी नहुने भएकोले निर्धक्क भएर बैँकिङ कारोबार गर्न राष्ट्र बैँकले सबैलाई आग्रह गरेको छ ।

ह्याकरले ठुलो परिणामको रकम निकाल्न सक्षम भएकोले यसको छानविनका लागी राष्ट्र बैँकले भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा छानविन टोली समेत गठन गरेको छ ।

उक्त टोलीले बुधबार सम्ममा प्रतिवेदन बुझाउने छ । बैँक तथा वित्तिय क्षेत्रमा भएका कमि कमजोरीलाई हटाउँदै यस किसिमका घटना हुन नदिन राष्ट्र बैँक गम्भीर भएर लाग्ने बैँकले प्रतिबद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);