प्रविधिको विकाससंगै बैंकिङ सेवामा सुरक्षा चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रविधिको विकाससंगै बैंकिङ सेवामा सुरक्षा चुनौती

banking surakshya

काठमाडौं, १८ पुस । पछिल्लो एक दशकलाई फर्केर हेर्ने हो भने, नेपालले प्रविधिको विकासमा फड्को मारेको पाइन्छ । नोटको कारोबार गर्ने अधिकांश नेपालीको हात हातमा अहिले बैंकका डेविट क्रेडिट र भिसा कार्ड छन् । करिब ८० प्रतिशत नागरिक बैंकिङ पहुँचमा आईसकेको अवस्थामा नेपालका लागी ई–बैकिङ सेवामा सुरक्षा चुनौती बढ्दै गएको छ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउन तछाड मछाड गर्ने बैंकहरुले प्रविधिको दुरुपयोगबाट हुन सक्ने खतराको सुरक्षा प्रति भने कुनै कदम चालेका छैनन् । पछिल्लो समय नेपाली बैंकहरुको नक्कली एटिएम कार्ड बनाएर रकम चोरी, सफ्टवेयर ह्याकिङ लगायत अन्य बैकिङ कसुर दिनप्रतिदिन बढ्दो छ ।

आर्थिक वर्ष ०७२/७३ मा बैंकिङ कसुरका घटना ६ वटा, ०७३/७४ मा १० वटा र आर्थिक वर्ष ०७४/७५ मा बढेर ४ सय २१ वटा पुगेको छ भने ७५/७६मा ७ सय २५ वटा पुगेका छन् । तर नियमक निकाय नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्स भने यसरी हुने ह्याकिङ तथा बैकिंङ कसुर प्रविधिको विस्तार सँगै बढ्ने बताउँछ । विकसित मुलुकमा यस्ता घटना थुप्रै हुने गरेको भन्दै नेपालमा भएका घटनालाई ठूलो मान्न नहुने उसको तर्क छ ।

ठूलो संख्यामा भएका यस्ता घटनाले बैंकिङ क्षेत्र नै धरासायी बन्दै गएको छ । तर यस प्रति न त बैंकहरुले गतिलो कदम चालेका छन् न त सरकारले नै । बैकमा सुरक्षित राखिएको रकम ह्याकरको कारण असुरक्षित हुँदा निक्षेपकर्ताले पनि ढुक्क भएर बैंकिङ कारोबार गर्न सकिरहेका छैनन ।

सफ्टवेर ह्याकिङ भइरहेको अवस्थामा एटिएम मेसिन राखिएका स्थानमा बैकहरुले सुरक्षाका लागि कर्मचारी थप गर्दै आइरहेको बताएका छन्। तर प्रविधिको दुरुपयोग नियन्त्रणका लागि भने ठोस कदम चाल्न सकेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);