एटीएम ह्याक गर्ने चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एटीएम ह्याक गर्ने चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा

atm chori

काठमाडौं, २२ कात्तिक । उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको वाणिज्य इजलाशले बिहीबार ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो ।

उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ । एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनले जनाएको छ ।

पुर्पक्षका लागि थुनामा पठाइएकाहरुलाई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान गरिएको छ । गत भदौ १४ गते नेपाली बैंकको एटीएम ह्याक गरी पैसा लुट्दै गरेको अवस्थामा काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । पछि उनीहरुको बयानका आधारमा चिनियाँ मूलका अर्का १ जना फ्रेन्च नागरिक पनि पक्राउ परेका थिए ।

प्रहरीले अनुसन्धानबाट चिनियाँ ह्याकरहरुको समूहले नेपाली बैंकिङ प्रणालीमा आक्रमण गरी १ करोड ६८ लाख रुपैयाँभन्दा बढी लुटेको ठहर गरेको थियो । प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको भन्दै ३ जना नेपालीलाई पनि पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);