भृकृटीमण्डपमा एसएमई व्यापार मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भृकृटीमण्डपमा एसएमई व्यापार मेला सुरु

काठमाडौं, १९ भदौ । काठमाडौंमा ‘नेपाल एसएमई व्यापार मेला’ सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको मेला बिहीबारबाट काठमाडौंको भृकृटीमण्डपमा सुरु भएको हो ।

मेलाको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले साना तथा मझौंला उद्यमीहरुको सो मेलाले पनि मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले मुलुकको आर्थिक समृद्धि एक मात्रै अभिष्ट रहेको उल्लेख गर्दै त्यसमा एकतावद्ध भएर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुबाजी महर्जनले नेपालको उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको स्पष्ट पार्नु भयो ।

५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);