‘नेपाल एसएमई व्यापार मेला’ बिहीबारदेखि शुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘नेपाल एसएमई व्यापार मेला’ बिहीबारदेखि शुरु हुने

sme fair 2019

काठमाडौं, १९ भदौ । ‘नेपाल एसएमई व्यापार मेला’ आयोजना हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विहिबारबाट काठमाडौंको भृकृटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

नेपालका उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बताउनु भयो । ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिनेछ । मेलाको पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नु हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);