एसएमई व्यापार मेला सम्पन्न : २ करोड बढीको कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एसएमई व्यापार मेला सम्पन्न : २ करोड बढीको कारोबार

एसएमई व्यापार मेला

काठमाडौं, २३ भदौ । राजधानीको भृकुटीमण्डमा भएको ‘नेपाल एसएमई व्यापार मेला २०१९ मा’ २ करोड बढीको कारोबार भएको छ ।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा भएको मेलामा डेढ करोड देखि २ करोडसम्मको बिक्रि भएको आयोजकले जनाएको छ । महासंघका केन्द्रीय सदस्य एवं मेलाका संयोजक रविन थापाले अन्तिम दिन सोमबार सांझ सम्म ४५ हजार जनाले मेला अवलोकन गरेको बताउनुभयो ।

मुलुकभरका साना तथा मझौला व्यवसायीका उत्पादित बस्तुलाई एउटै छानोमुनी विक्रि वितरणको साथै बजारिकरणको व्यवस्था गर्नका लागि महासंघले मेला आयोजना गरेको उल्लेख गर्दै उहाँले मेलाले अपेक्षित कारोवार गर्न सफल भएको बताउनुभयो ।

विश्व पर्यटन दिवस एवम् हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा महासंघले नेपाल एसएमई व्यापार मेला आयोजना गरेको हो । मेलामा ७७ वटा जिल्लाका साना तथा मझौला व्यवसायीका ७८ वटा स्टल थिए ।

उल्लेख्य रुपमा अवलोकनकर्ताहरु आएपछि व्यवसायीहरु पनि खुसी छन् । व्यवसायी मिलनविर मालाकार विक्रि मात्रै नभई नयाँ नयाँ उपभोक्तासंगको भेटघाटको अवसर मिल्ने भएकाले व्यापार प्रवर्द्धनका दृष्टिले मेला प्रभावकारी बनेको प्रतिक्रिया दिनुभयो । त्यसैगरी अर्का व्यवसायी सन्देश राई, रञ्जना श्रेष्ठ पनि आफुले अपेक्षित रुपमा सामान विक्रि गर्न सकेको प्रतिक्रिया दिनुभयो ।

विहिबार देखि सुरु भएको मेलामा साना तथा मझौला व्यवसायीद्धारा निर्मित हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरियो चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीको साथै तयारी पोशाक, ढाकाका कपडा, नेपाली सुती कपडा लगायतका स्टलहरु राखिएको थियो ।

त्यसैगरी घरायसी स्वादका अचार, केक, मिठाई लगायतका खाद्य परिकार पनि मेलामा राखिएको थियो । अर्गानिक उत्पादन, हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा मह तथा सुती तथा ढाकाका कपडाका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो ।

काष्ठ निर्मित सामान, पोते, नेपाली सुतीका कपडाको साथै बंगलादेशी तथा पाकिस्तानी उत्पादनमा पनि उपभोक्ताको भीड लागेको थियो ।

मेलामा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीले पनि सहभागीता जनाएका थिए । विहिबार देखि सुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);