काठमाडौं, १७ वैशाख । १४ औं अन्तर्राष्ट्रिय व्यापार मेलाको चाैँथो दिन सोमबारसम्म झण्डै दश करोड बराबरको आर्थिक कारोबार भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले ४ दिनसम्ममा मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार भएको जानकारी दिएको हो । करिव १ लाख ४० हजारले अवलोकन गरेको अनुमान गरिएको छ ।
शुक्रबारबाट काठमाडाैँको भृकुटीमण्डवमा सुरु भएको मेला भोलीसम्म चल्नेछ । सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका जनप्रतिनिधिहरुले पनि मेलाको अवलोकन गरेका थिए ।
स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा भारत, बंगलादेश, पाकिस्तानलगायतका सार्क राष्ट्रहरुको पनि स्टल राखिएको छ ।




