कालो धन वैध बनाउन घरजग्गामा लगानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कालो धन वैध बनाउन घरजग्गामा लगानी

black money

काठमाडौं, २४ भदौ । अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् ।

विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयांै क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए । घरजग्गाको कारोबार गर्ने नियमक निकाय निष्क्रिय हुँदा अवैध सम्पति आर्जन गरी घरजग्गामा लगानी गर्नेहरू उत्साहित बन्दै गइरहेको विभागका अधिकारीको अनुभव छ ।

जग्गाको कारोबार गर्नेको नियामक निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचक संस्था रियल स्टेट कम्पनीलाई कडाइ नगर्दा सम्पत्ति शुद्धीकरण गर्नेहरूको रकम घरजग्गामा लगानी हुने गरेको विभागको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा रियल स्टेट कम्पनीले सूचक संस्थाको भूमिका जिम्मेवारीपूर्वक पूरा गर्दा घरजग्गामा सम्पत्ति शुद्धीकरणको लगानी हुँदैन । नेपालमा भने सम्पत्ति शुद्धीकरण गर्न घरजग्गामा लगानी हुँदै आएको अर्थविद्को भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);