धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ बिहीबारदेखि कार्यान्वयनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ बिहीबारदेखि कार्यान्वयनमा

काठमाडौं,१५ असोज । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमत तथा व्यवस्थित गर्नका लागि यो व्यवस्था लागू गरेको हो ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’, ‘सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६’ मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो व्यवस्था लागू गरेको बोर्डले बताएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानी सुपरिवेक्षण म्यानुअल तयार गरिएको बोर्डको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);