बिहीवार २०.६१ अंकले बढ्यो शेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिहीवार २०.६१ अंकले बढ्यो शेयर बजार

काठमाडौं, १५ असोज । यो साता लगातार तीन दिन घटेको बजार अन्तिम कारोबार दिन भने बढेको छ । बुधवार ३.१९ अंक घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा बन्द भएको बजार बिहीवार १ हजार ५५३ दशमलव ९६ विन्दुदेखि खुलेको थियो ।

यो दिन बजार १ हजार ५७२ दशमलव ९४ विन्दुसम्म पुगेको थियो । दोहोरो अंकले बढेको बिहीवारको बजारमा जलविद्युत् समुहको परिसूचक सर्वाधिक १ दशमलव ८८ प्रतिशत घटेको छ । त्यस्तै यो दिन म्यचुअल फण्डको परिसूचक पनि शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

बिहीवारको बजारबाट निर्जीवन बीमा र विकास बैंकका लगानीकर्ताहरुले बढी कमाएका छन् । यो दिन निर्जीवन बीमा समुहको परिसूचक सर्वाधिक ४ दशमलव ३१ प्रतिशत बढेको हो भने विकास बैंक समुहको पनि ३ दशमलव ४८ प्रतिशतले बढेको हो ।

त्यस्तै बैंकिङ् समुहको १ दशमलव ५२ प्रतिशत, व्यापारिक समुहको १ दशमलव ८८ प्रतिशत, होटलको शून्य दशमलव ४६ प्रतिशत, वित्तको शून्य दशमलव ७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको १ दशमलव ६७ प्रतिशत, अन्यको शून्य दशमलव २९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८२ प्रतिशत र जीवन बीमाको १ दशमलव ६६ प्रतिशत परिसूचक बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);