शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार

stock_exchange_nepse-e1528283604277

काठमाडौं, २८ साउन । बुधबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । नेप्से १ दशमलव ५१ अंकले बृद्धि भएर १ हजार ४ सय २५ दशमलव ३२ विन्दुमा पुगेको छ । बुधबार उतारचढाबका बीच अन्तिममा बढेर बजार बन्द भएको छ ।

कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा कम भएको छ । अघिल्लो कारोबार दिन मंगलवार शेयरबजारमा १ अर्ब २७ करोड १७ लाख धेरैको कारोबार भएकोमा बुधबार ९५ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार अघिल्लो दिनको तुलनामा ३२ करोड रुपैयाँले कम हो ।

बुधबार १ सय ८८ वटा कम्पनीको २० हजार ७ सय १९ पटकको कारोबारमा ३० लाख ३२ हजार ३ यस ११ कित्ता शेयर कारोबार भएको छ । यस्तै क वर्गका ठूला कम्पनीहरुको कारोबार मापक इन्डेक्स शून्य दशमलव शून्य २ अंकले बढेर २९७.२९ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ ।

बुधबार सर्वाधिक कारोबार गर्नेमा युनाइटेड इन्स्योरेन्स कम्पनीको ६ करोड २० लाख ७३ हजार बराबरको शेयर कारोबार भएको छ । बुधवार साधना लघुवित्तको ९ दशमलव ८९ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव २६ प्रतिशत शेयरमूल्य बढेको छ । त्यस्तै युनियन हाइड्रोपावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको ५ दशमलव ५६ प्रतिशतले शेयर मूल्य घटेको छ ।।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);