बिहीबार शेयरबजार परिसूचक नेप्सेमा सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिहीबार शेयरबजार परिसूचक नेप्सेमा सुधार

काठमाडौं, ६ चैत । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्सेमा सुधार भएको छ । नेप्से १३ दशमलव ५० अंकले बढेर परिसूचक १ हजार २ सय ६९ दशमलव ३० अंकमा पुगेको छ । १ सय ७३ कम्पनीका ५१ लाख ६ हजार ६ सय ८१ कित्ताशेयर १८ हजार ७ सय ९२ पटकको कारोबारबाट १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा ७१ करोड ८७ लाख बढी हो । बुधबार नेप्से १६दशमलव २६ अंकले घट्दा १ सय ७२ कम्पनीका १ अर्ब १८ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै बिहिबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २दशमलव ०३ अंकले बढेर २७३ दशमलव ८२ अंकमा पुगेर बन्द भएको छ । बिहिबार कारोबार भएका १२ समूहमध्ये ७ वटाको सूचक उकालो लागेको छ ।

सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको ३१ करोड ३३ लाख ५ हजार ४ सय ८७ रुपैयाँको कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९६ प्रतिशतले कमाउँदा सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ५२ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);