कस्तो रह्यो यो साताको शेयर बजार ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कस्तो रह्यो यो साताको शेयर बजार ?

stock_exchange_nepse

प्रमिला खतिवडा

काठमाडौं, २ कात्तिक । यो साता शेयरबजार परिसुचक नेप्सेमा ११ दशमलव २७ अंकले घटेको छ । गत साताको अन्तिम दिनको नेप्से परिसुचकको तुलनामा यस साताको अन्तिम दिनको आधारमा नेप्सेमा दोहोरो अंकले ओरालो लागेको हो । यस साता जम्मा ३३ लाख ३३ हजार ६ सय ५० कित्ता शेयरहरुको ६२ करोड ५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

यो साता शेयरबजार परिसुचक नेप्सेमा ११ दशमलव २७ अंकले घटेको छ । गत साताको अन्तिम दिनको नेप्से परिसुचकको तुलनामा यस साताको अन्तिम दिनको आधारमा नेप्सेमा दोहोरो अंकले ओरालो लागेको हो । तथापि साताको पहिलो कारोबारको दिन सोमबारको तुलनामा भने साताको अन्तिम कारोबारमा भने नेप्सेमा शुन्य दशमलव ७९ अंकले बृद्धि भएकोछ ।

यस साता जम्मा ३३ लाख ३३ हजार ६ सय ५० कित्ता शेयरहरुको ६२ करोड ५ लाख रुपैया माथिको कारोबार भएकोछ ।  यस साता कारोबार रकमको आधारमा सबैभन्दा धेरै प्रभु बैक लिमिटेडको १ अर्ब १७ करोड ७१ लाख रुपैया बराबरको कारोबार भएकोछ भने दोस्रो स्थानमा सिदार्थ बैक लिमिटेडको ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोछ ।

कारोबार रकमकै आधारमा यस साता तेस्रो स्थानमा एसियन लाइफ इन्सुरेन्स लिमिटेड प्रमोटर शेयरको ३६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएकोछ । केही समय अगाडी दैनिक अर्ब खर्बको कारोबार हुने शेयरबजारमा कारोबार नेप्से परिसुचकसँगै कारोबार रकम ओरालो लाग्नुमा प्राध्यापक, डाक्टर गोविन्द राज पोख्रेल भने राजनीतिक नेतृत्वले पूँजीबजारका समस्या समाधान नगरेकाले यो अवस्था आएको बताउनुहुन्छ ।

यता शेयरबजारलाई नजिकबाट नियाल्दै आउनुभएका र विभिन्न समयमा प्राविधिक विश्लेषण गर्दै आउनुभएका विश्नुप्रसाद बस्याल भने नेपाली शेयरबजारको उतारचढावको साइकल हुने बताउनुहुन्छ । जुन अहिले वियरीश टे«न्डको साइकल पनि अन्त्य हुन लागेको बताउनुहुन्छ तथापि नेपाली शेयरमार्केट ओरालो लाग्नुमा प्रमुख कारण भने नेपालको राजनीतिलाई नै दोष दिनुहुन्छ ।

यस साता पनि कारोबारमा आएका चारै दिन ओरालो लागेकोछ । साताको पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण बन्द रहेको थियो भने साताको पहिलो कारोबार सोमबार नेप्से परिसुचक १२ दशमलब शून्य पाँच अंकले घटेर थियो भने सोमबार प्रभु बैंकको २ करोड ६५ लाखको शेयर कारोबार भएको थियो ।

मंगलबार शेयरबजार परिसूचक नेप्से ५ दशमलब शून्य आठ अंकले घटेर परिसूचक एक हजार एक सय ४२ दशमलब शून्य चार अंकमा पुगेको बन्द भएको थियो । साताको चौथौ कारोबारको दिन बुधबार नेप्से परिसुचक ५ दशमलव शुन्य एक अंकले घटेर १ हजार १ सय ३७ दशमलव शुन्य ३ अंकमा बन्द भएको थियो ।

साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब सात एक अंकले बढेर एक हजार १ सय ३७ दशमलब सात पाँच अंकमा पुगेको छ । यो साता मात्रै नभएर सग्रमा यतिखेर शेयरबजार ओरालो यात्रामानै रहेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);