महालेखा परिक्षकको विकास खर्चमा हुन सकेन सुधार | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

महालेखा परिक्षकको विकास खर्चमा हुन सकेन सुधार

mahalekha-parikshak

काठमाडौं, २ कात्तिक । महालेखा परिक्षकको कार्यालयले चालु आर्थिक बर्षको ३ महिना बितिसक्दा समेत मुलुकको विकासे खर्चमा सुधार हुन नसकेको तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७६/७७ को पहिलो ३ महिनाको पुँजीगत खर्चको विवरण सार्वजनिक गर्दै कार्यलयले विकासे खर्चमा सुधार नभएको जनाएको हो ।

महालेखाको तथ्यांक अनुसार आर्थिक बर्षको पहिलो ३ महिनामा कुल विकासका लागि छुट्याइएको बजेटको ४ दशमलव ५० प्रतिशत मात्रै खर्च भएको उल्लेख गरिएको छ । सरकारले विकास निर्माणका लागि पूँजीगततर्फ यो वर्ष ४ खर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुरुप मुलुकभर साउन भदौ र असोजमा विकासे काममा १ अर्ब ८४ करोड रुपैया खर्च भएको हो ।

मुलुक संघीयतामा गएपश्चात पुँजीगत खर्च बढ्ने अपेक्षा लिएतापनि विकासका कामले गति लिन नसक्दा खर्च बढ्न सकेको छैन । तीन तहको सरकारबीच प्रभावकारी समन्वय नहुनु, निर्णय क्षमता, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको निर्माणमा ढिलाई, अख्तियारको त्रास लगायतका कारणले विकासे खर्च बढ्न नसकेको सरकारी अधिकारीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);