बिहीबार शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम,६ अर्ब बढीको शेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बिहीबार शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम,६ अर्ब बढीको शेयर कारोबार

काठमाडौं, ४ मंसिर । शेयर कारोबार साताको अन्तिम दिन बिहीबार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

बिहिबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा कारोबार भएको यो रकम हालसम्मकै उच्च हो । यसअघि २०७६ फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजारको शेयर कारोबार भएको थियो ।

बिहीवार कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्दा नेप्से परिसूचक ३६ दशमलव तीन दुई अंकले बढेर परिसूचक १७ सय ७८ दशमलव एक दुई विन्दुमा पुगेको छ । १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ताशेयर ५६ हजार ३ सय ४१ पटक कारोबार भएको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव नौ आठ अंकले बढेर ३सय ४३ दशमलव शून्य ७ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार कारोबारमा आएका १२ ओटै समुहको परिसूचक बढेको छ । व्यापारिक समुहको परिसूचक सर्वाधिक ९ दशमलव नौ चार प्रतिशत बढेको हो । त्यस्तै होटल समुहको ९ दशमलव तीन आठ प्रतिशत, बैंकिङको शून्य दशमलव दुई एक प्रतिशत, विकास बैंकको १ दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव पाँच दुई प्रतिशत, वित्तको १ दशमलव पाँच सात प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव तीन –तीन प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव छ चार प्रतिशत, अन्यको ४ दशमलव चार तीन प्रतिशत, लघुवित्तको १ दशमलव ७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव छ तीन प्रतिशत परिसूचक बढेको हो ।

कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । कम्पनीको ४१ करोड ८ लाख ४५ हजार बराबरको शेयर कारोबार भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);