नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडाैं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेन । बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);