नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडाैं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । यस अघि मंगलबार पनि २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

बुधबार पुनः नयाँ रेकर्ड कायम भएको हो । बुधबार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन । दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ ।

जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);