नेप्से परिसूचक बुधबार ५२ दशमलब ४१ अंकले ओरालो लाग्याे | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नेप्से परिसूचक बुधबार ५२ दशमलब ४१ अंकले ओरालो लाग्याे

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधबार ५२ दशमलब ४१ अंकले घटेर तीन हजारभन्दा तल झरेको छ । यसअघि सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको नेप्से बुधबार ओरालो लागेको हो ।

बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ । यसदिन १५ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो ।

मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो । नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको शेयर बजारमा असर देखिएको छ । बोर्डले तोकेका ५१ मध्ये ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

५१ वटा कम्पनीको सूचीमा परेको घोडाघोडी लघुवित्त अहिले मर्जर प्रक्रियामा रहेकाले कारोबार स्थगन नै रहेको छ । बोर्डले जोखिमको सूचिमा राखेको सिनर्जी पावर, महिला लघुवित्त र युनियन हाइड्रोको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक उच्च अंकले घटेपनि समग्रमा ५० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५० वटै कम्पनीको सेयर मूल्य बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);