१५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै

umesh prashad singh

काठमाडौं, ५ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा यही फागुन २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको हो । मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न सघाउ पु¥याउने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघका कार्यबहाक अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिए ।

नेपाली बस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महासंघले हरेक वर्ष सो मेला आयोजना गर्दै आएको छ । आईतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा मुलुकभरका उद्यमीहरु, उद्यमसम्बन्धि प्रविधि प्रयोगकर्ताहरु, कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुने जानकारी पनि दिएको छ ।

भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका सार्क राष्ट्रहरुका उद्योगीहरु समेत सहभागी हुने मेलामा २ सय ५० वटा स्टल तथा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा १० करोडभन्दा बढिको आर्थिक कारोबार हुने बिश्वास पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);