श्रावण १६ देखि २० गतेसम्म भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रावण १६ देखि २० गतेसम्म भृकुटीमण्डपमा ‘तीज विशेष मेला’

काठमाडौं, २६ असार । आगामी श्रावणको १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ आयोजना हुने भएको छ । महिला सृजनशील केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीजको अवसर पारेर सदा झैं यस वर्ष पनि सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

देशभरका महिला उद्यमीहरु सहभागी हुने सो मेलामा तीज विशेषका सामग्रीहरुको प्रदर्शनी रहने केन्द्रकी अध्यक्ष मिलु थापाले बताउनु भयो । मेलामा २ सय भन्दा बढि स्टलहरु रहनेछन् । एक लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा लिइएको सो मेलामा निःशुल्क फोटो सूट, निःशुल्क मेहेन्दी लगाउने, कपाल कटिङलगायतका कार्यशालाहरु पनि आयोजना हुने मेला व्यवस्थापनको जिम्मेवारी पाएको इभेन्ट व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक पशुपति केसीले जानकारी दिनु भयो ।

केन्द्रले यस वर्ष तीजको अवसर पारेर प्रदेश ३ को राजधानी हेटौडा र प्रदेश १ को इटहरीमा पनि सो मेला आयोजना गर्ने जनाएको छ । यसका लागि हटौडा उद्योग वाणिज्य संघ र इटहरी उद्योग वाणिज्य संघसँग छलफल भईरहेको पनि केन्द्रकी अध्यक्ष थापाले जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);