मालपोत कार्यालय कैलालीमा अनलाइन सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मालपोत कार्यालय कैलालीमा अनलाइन सेवा सुरु

online sewa kailali malpot

कैलाली, ५ फागुन । मालपोत कार्यालय कैलालीमा आइतबारदेखि अनलाइन सेवा सुरु गरिएको छ । कैलालीको मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित बनाउन अनलाईन सेवा शुरु गरेको हो ।

भुमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक रामदत्त भट्टले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने बताए।

देशभरमा अहिले १ सय ३१ मालपोत कार्यालय मध्ये हालसम्म ५३ मालपोत कार्यालयले अनलाईन सेवा सञ्चालन गरिसकेका छन् । यही आर्थिक बर्ष भित्र १ सय ८ मालपोत कार्यालयमा सेवा सुरु गर्ने लक्ष्य रहेको भुमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);