बारामा अनलाईन सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बारामा अनलाईन सेवा सुरु

online

काठमाडौं, १० पुस । बाराको जीतपुरसिमरा मालपोत कार्यालयमा सोमबारबाट अनलाईन सेवा सुरु गरीएको छ ।

मालपोतबाट दिने सेवालाई सरलीकरण गर्ने उद्देश्यले अनलाईन सेवा शुरु गरीएको कार्यालयले जनाएको छ ।

जनताको मुख्य सम्पत्ती भनेकै घर जग्गा भएको हुनाले यसको रक्षा गर्न र कार्यालयको काममा एक रुपता ल्याउन अनलाईन प्रविधिले सहयोग पुर्याउने भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले बताएका हुन् ।

त्यस्तै अनलाईन प्रविधिको प्रयोगले राजश्व सम्बन्धि देखिएको द्धन्द्धलाई समेत न्यूनिकरण गर्ने योजना रहेको बताए ।

जितपुर सिमरा उपमहानगरपालिकाबासी साहुदुल चौधरीलाई नगरप्रमुख डा.कृष्ण पौडेलले कम्प्युटराईज लालपुर्जा प्रदान गरेर अनलाइन सेवाको सुरुवात गरीएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);