देशको ढुकुटीमा २ खर्ब ६ अर्व नगद मौज्दात, निर्यात भन्दा आयात बढि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १० पुस । आर्थिक वर्ष (आव) २०७५/७६ को चार महीनामा सरकारी ढुकुटीमा २ खर्ब ६ अर्व २५ करोड रुपैयाँ नगद मौज्दात नेपाल राष्ट्र बैंकले बताएको रहेको छ । यो स्थानीय तहको खातामा रहेको ७५ अर्व ७७ करोडसमेत जोड्दा हुन आउने रकम हो ।

सोमवार चालू आवको चार महीना (कात्तिकसम्म)को समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले देशको सोधनान्तर स्थिति ५७ अर्व ३३ करोड रुपैयाँले घाटामा गएको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधनान्तर स्थिति रू. २ अर्व ४० करोडले बचतमा रहेको थियो ।

समिक्षा अवधिमा रू.८८ अर्व ६४ करोडले चालू खाता घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू.४८ अर्व ९८ करोड रहेको थियो । समिक्षा अवधिमा पूँजीगत ट्रान्सफर रू.४ अर्व २२ करोड र प्रत्यक्ष बैदेशिक लगानी आप्रवाह रू. ४ अर्व ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रू.६ अर्व ४२ करोड रहंदा बैदेशिक लगानी आप्रवाह रू. १० अर्व १७ करोड रहेको थियो ।

गएको असार मसान्तमा रू. ११ खर्ब २ अर्व ५९ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिको अवस्था कात्तिक मसान्तमा आइपुग्दा १ दशमलव ८ प्रतिशतले कमि आई रू.१० खर्ब ८२ अर्व ९१ करोड पुगेको छ । यस्तो सञ्चिति राष्ट्र बैंकसँग घटेको र बाणिज्य बैंकसँग बढेको छ ।

आयातलाई आधार मान्दा बैंकहरुसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव २ महीनाको वस्तु आयात र ७ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

व्यापार घाटा

चालू आवको चार महीनामा देशले ४ खर्ब ८३ अर्व ७६ करोडको वस्तु आयात गर्दा नेपालबाट जम्मा २९ अर्व २८ करोडको वस्तु निर्यात भएको छ । यो अवधिमा देशको व्यापार घाटा ४ खर्ब ५४ अर्व ४८ करोड रुपैयाँ पुगेको छ ।

सरकारले यो अवधिमा राजस्व संकलन उल्लेख्य गर्न सफल भएको देखिएको छ । समिक्षा अवधिमा सरकारले २ खर्ब ५५ अर्व राजस्व संकलन गरेको छ । यो कुल वार्षिक लक्ष्यको कुल २७ प्रतिशत हो । अघिल्लो वर्षको सोही अवधिमा राजस्व संकलन १ खर्ब ९५ अर्व रहेको थियो ।

समिक्षा अवधिमा सरकारी खर्चको अवस्था खस्कदो देखिएको छ

वित्तीय संस्थाको अवस्था

निक्षेप संकलनको अवस्था

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ दशमलव ६ प्रतिशतले बढेको देखिएको छ । तर, यो अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन ४ दशमलव ८ प्रतिशतले बढेको थियो ।

बैदेशिक रोजगारको अवस्था

समिक्षा अवधिमा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घटेको पाईएको छ । यो अवधिमा २७ दशमलव ७ प्रतिशतले बैदेशिक रोजगारीमा जाने नेपाली घटेका छन् । यसको एउटा कारणका रुपमा मलेशिया जाने नेपाली कामदार को प्रक्रिया शुरु नहुनु पनि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले मात्र घटेको थियो । तर, यो अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३६ दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब १२ अर्व २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

यो समाचार अभियान दैनिकमा छापिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);