पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधान हुन्छ : गभर्नर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधान हुन्छ : गभर्नर

काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैकले पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधानको प्रकिया अगाडी बढाएको बताएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले पूँजी बजार र बैकहरुमा देखिएको समस्या समाधानको लागि बनेको कार्यदलबाट आएको सबै सुझाबहरुलाई कार्यान्वयन तहमा लैजाने तयारी भएको बताए ।

गभर्नर नेपालले केन्द्रीय बैंकको पहलमा बैंकहरुले ब्याज दर घटाउन भद्र सहमति गरेको बताए । उनले वित्तीय संस्थालाई नैतिक दबाब दिएर ब्याजदर नियन्त्रणमा लिएको उल्लेख गरे । समितिमा गभर्नर नेपालले शेयर बजारसँग सम्बन्धित निर्देशनहरु एक दुई दिनमै जारि गर्ने तयारी गरेको जानकारी दिए ।

त्यस्तै, समितिमा अर्थ मन्त्रालय सचिव राजन खनालले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);