बैंकको लगानी बढे पूँजी बजारका लगानीकर्तालाई न्याय : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैंकको लगानी बढे पूँजी बजारका लगानीकर्तालाई न्याय : अर्थमन्त्री

yubraj khatiwoda

काठमाडौं, २५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन मुलुक भित्रकै पूँजी परिचालन गर्ने नीति लिएको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुक भित्रै आयआर्जन बढाउँदै रोजगारीको अवसर सृजना गरेर मात्रै पूँजी बजारलाई विस्तार गर्न सकिने स्पष्ट पारे । नेपाल धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुक भित्रकै बैंकको लगानी बढाएर पूँजी बजारका लगानीकर्ताहरुलाई न्याय गर्न लागिएको बताए ।

अर्थमन्त्री खतिवडाले सेयरसम्बन्धि कारोबारलाई विद्युतीय प्रणालीबाट संचालन गर्न ढिलाई नगर्न पनि नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिए । उनले ऋण पत्र बजारलाई व्यवस्थित बनाउन पनि सरकारले विद्युतीय प्रणालीलाई व्यवस्थित बनाउन चाहेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पूँजी बजारलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । उनले पूँजी बजारको रफ्तार बढेपनि त्यसलाई व्यवस्थित बनाउन विशेष ध्यान दिने बेला आएको बताए । गभर्नर नेपालले पूँजी बजारलाई व्यवस्थित बनाउन सक्दो पहल भईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);