१ अर्ब ८० करोड बराबरको मरिच भारत तर्फ तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१ अर्ब ८० करोड बराबरको मरिच भारत तर्फ तस्करी

marich

अनुप तिवारी
पर्सा, २५ जेठ
। पर्साको वीरगन्ज नाकाबाट कालो मरिच भारततर्फ चोरी निकासी गर्ने क्रम बढेको छ । पछिल्लो ११ महिनाको अवधिमा १ अर्ब ८० करोड बराबरको मरिच भारत तर्फ तस्करी भएको छ ।

पछिल्लो समय तेश्रो मुलुकबाट कालो मरिच आयात गरेर वीरगन्ज नाका हुँदै भारततर्फ चोरी निकासी गर्ने क्रम बढेको हो । पर्सा प्रहरीले विगत १ महिनाको अवधिमा १६ हजार किलो मरिच सहित ८ जनालाई पक्राउ गरेपछि भारततर्फ चोरी निकासी गर्ने क्रम बढेको तथ्य खुलेको हो । प्रहरीले यहि जेष्ठ २२ गते वीरगन्जबाट १२ हजार २ सय किलो कालो मरिच र जेष्ठ २० गते पर्साको विन्दवासिनी गाउँपालिका ४ अमरपटी नाकाबाट १ हजार ८ सय ७५ केजी कालो मरिच भारततर्फ तस्करी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

नेपालमा मरिच भियतनाम र ब्राजिलबाट आयात गरिन्छ । भारतले आफ्ना कृषकलाई प्रोत्साहन गर्न तेश्रो मुलुकबाट आयात हुने मरिचमा कडाई गरेको छ । तर, खुल्ला सीमाको कारण नेपालबाट भारततर्फ मरिच तस्करी हुने गरेको छ । पछिल्लो ११ महिनामा मरिचको आयात १२ गुणाले बढेको छ ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब २० करोड ३९ लाख ४६ हजार रुपैयाँ बराबरको ५५ लाख ८४ हजार १ सय ४९ किलो मरिच आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३२ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख १ हजार ४ सय ३ किलो मरिच आयात भएको थियो । पछिल्लो ११ महिनामा नाकाबाट १ अर्ब ८० करोड मुल्य बराबरको ५० लाख किलो भन्दा बढी मरिच भारततर्फ तस्करी भएको छ ।

मरिचको तस्करीमा वीरगन्ज र भारतको बेतिया क्षेत्रका तस्करको गिरोहको संलग्नता रहेको भन्दै प्रहरीले अनुसन्धान तिब्र बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);